एजेन्सी। ब्राजिलमा जहाज दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको हो।
जहाजमा ५८ यात्रु र ४ जना चालक दलका सदस्य रहेको बताइएको छ। विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। उक्त जहाजमा साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू सवार रहेको बताइएको छ।