भोजपुर। अविरल वर्षासँगै इर्खुवाखोलामा बाढी आएको छ। खोलामा बाढीले बसडक बगाएको छ।
साउन १६ गते इर्खुवाखोलामा आएको बाढीले विभिन्न स्थानमा गरेर २० किलोमिटर सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा निकै समस्या भएको स्थानीयले बताए।
बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको गाउँपालिकाले जनाएको छ। दैनिक जिवन यापन नै कष्टकर बनेको स्थानीयको भनाइ छ।