काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले आज हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो।
कम्पनीको हकप्रदमा साउन २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ। असार ३१ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो।कम्पनीको हकप्रद निष्कासक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।