काठमाडौं। आज सुनको मुल्य बढेको छ। प्रतितोला ७ सय रुपैयाँले सुनको मुल्य बढेको हो।
प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।