सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको मृत्यु भएको हो।
करेन्ट लागेर अन्य तीन जना घाइते भएका छन्। कम्पनीमा प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोलुदूधकुण्डकै ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेत घाइते भएका हुन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।