काठमाडौं। ठोस्ने खोलाले बगाएर एकको मृत्यु भएको छ। ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले एकको मृत्यु भएको हो।
मृत्यु हुनेमा काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरीले जनाएको छ।