मुस्ताङ। मुस्ताङबाट तिलिचो ताल जोड्ने करिब २३ किलोमिटर पदमार्ग निर्माण गरिएको छ। घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण गरिएको हो।
घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको बताइएको छ।
पदमार्ग निर्माण भएपछि तिलिचो ताल घुम्न आउने पर्यटकलाइ सहज भएको बताइएको छ।