महेन्द्रनगर। कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरेको छ। कञ्नचपुरको शुक्लाफाँटा नगरपालिकाले अतिक्रमित संरचना हटाउन सुरु गरेको हो।
शुक्लाफाँटास्थित पूर्वपश्चिम राजमार्गमा सडक क्षेत्रभित्र निर्माण गरिएका अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि नटेरेपछि डोजर लगाएर संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार यही साउन २७ गतेबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो। तिक्रमित संरचनाले सडक दुर्घटना बढ्ने देखि लिएर धेरै समस्या हुने भएकोले यो पहल सुरु गरिएको नगरपालिकाको भनाइ छ।