कैलाली। कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भएको छ।
सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटर सडक गत असार २५ गते नै निर्माण सम्पन्न भइ सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको हो।
३६ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७५ फागुनमा उक्त सडक निर्माणका लागि पिएलआर–कुमार जेभीसँग एक करोड ९६ लाख अमेरिकी डलरमा सम्झौता भएको थियो।
विभिन्न कारणले सडक निर्माणमा ढिलाइ भएपनि अहिले भने ५० किमिमध्ये करिब तीन सय मिटर बाहेक सबै कालोपत्रे पूरा भएर सडक डिभिजनलाई हस्तान्तरण समेत गरिएको छ।