फाइल तस्बिर
दार्चुला। दार्चुलाको पारिबगर–खण्डेश्वरी सडक चार दिनदेखि अवरुद्ध बनेको छ। मार्मा गाउँपालिका–१ रबादेमा पहिरोले सडक भाँसिएपछि पारिबगर–खण्डेश्वरी सडक अवरुद्ध भएको हो।
साउन २५ गते माथिबाट खसेको पहिरोका कारण रबादेमा ३० मिटर जति सडक पुरेको छ। अपीहिमाल गाउँपालिकाको प्रवेश मार्गमै सडक अवरुद्ध भएपछि अपीहिमालका स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
पहिरो गएको चार दिनसम्म पनि पहिरो पन्छाउन कुनै पहल नभएको भन्दै अपीहिमालका स्थानीय आक्रोशित बनेका छन्।