काठमाडौं। सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।