फाइल तस्बिर
कपिलवस्तु। कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–१० हरदौनास्थित बाणगङ्गा नदीमा तटबन्ध निर्माण भइरहेको छ। उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सक्रियतामा बाणगङ्गा नदीमा १७० मिटर तटबन्धन निर्माण कार्य भइरहेको हो।
तटबन्ध निर्माणको काम हालसम्म एक सय मिटर पूरा भइसकेको छ।
गत असारमा बाणगङ्गा नदीमा आएको बाढीले बस्तीमा क्षति पुगेपछि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नदी वरपर तत्काल तटबन्धनको काम अगाडि बढाउन जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर ५ बुटवल रुपन्देहीलाई निर्देशन दिएका थिए।
मन्त्री खड्काको निर्देशनसँगै तटबन्धनको काम शुरू भएको हो।