काठमाडौं। आज सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा डेढ लाख नाघेर नयाँ रेकर्ड बनाएको हो।
आज प्रतितोला २१०० रुपैयाँले सुनको मुल्य बढेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। २१०० बढेसँगै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। आजको मुल्य अहिलेसम्मकै उच्च मुल्य रहेको बताइएको छ।
यसैगरी चाँदीको मुल्य पनि बढेको छ। मुल्य बढेर आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको महासघले जनाएको छ।