काठमाडौं। बि.सं.१९६० को मंसिर २६ गते सिक्किमबाट तिब्बतको राजधानी ल्हासाको लागी ब्रिटिश भारतले वार्ताको लागी ब्रिगेडियर जनरल लेस्ली म्याकडोनाल्डलाई पठाएको थियो। करिव ३००० जनाको समुह हातहतियारले सुसज्जित सेनाको साथ थियो ।
चैत १९, १९६० मा चुमिक सेन्को भन्ने ठाउमा ब्रिटिश सेनाले ठूलो नरसंहार गर्यो। यसलाई भारतको जलियावाला बाग काण्ड जतिकै दुखदायी रुपमा तिब्बतीहरुले लिने गर्दछ। यस लडाइमा ६–७ सय तिब्बती सैनिकहरुको मृत्यु भएको थियो। अंग्रेजले आफ्नो साथ लगेको सिख रेजिमेन्ट र गोर्खा सैनिकले अन्य ठाउमा पनि तिब्बती सेनामाथी आक्रमण गरेको थियो। लडाइको बिच दलाइ लामा भागेर मंगोलिया पुगेका थिए। पछि ब्रिटिश सेना ल्हासा पुगेर सम्झौतामा हस्ताक्षर गर्न बाध्य बनाइए।
यहि सैनिक टोलीको यात्रा क्रममा बाटोमा सगरमाथाको फोटो खिचिएको थियो। यो नै सगरमाथाको तस्विर बिश्वले देख्न पाएको पहिलो अवसर थियो। क्याप्टेन विलियम ह्यमेनले खिचेका करिव १४० वटा तस्विरहरु २०७० सालमा बिक्रीको लागी राखिए पछि फेरी यि तस्विरहरुले चर्चा पायो। साथै चुमिक सेन्को नरसंहार बारेमा पनि संसारले चासो लियो। सुनिल उलकको फेसबुक पेजबाट