काठमाडौं। आज सुनको मुल्य घटेको छ। हिज हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मुल्य आज घटेको हो।
आज प्रतितोला ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तोलामा ३ सयले घटेर छापावाल सुनको मुल्य आज प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ।
आज चाँदीको मुल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ।