काठमाडौं। भदौ १५ गतेदेखि मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा पुनः पठाउने तयारी गरेको छ। मेलम्ची खानेपानी विकास समितिले पानी सङ्लिएमा काठमाडौं पठाउने तयारी गरेको हो।
यो वर्ष मेलम्चीमा ठूलो बाढी नआएको र सानो सानो बाढीले ठूलो क्षती नगरेको हुनाले अघिल्लो वर्षहरुको तुलनामाम अलि छिटै काठमाडौं खानेपानी पठाउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
अझै केही दिन आकाशबाट पानी परेन र पानी सङ्लियो भने उपत्यकामा पानी पठाउने समितिको भनाइ छ।
नदीमा बाढी आएर पानी धमिलो हुन थालेपछि गत असार १० गतेदेखि मेलम्ची खानेपानी बन्द गरिएको थियो। मेलम्ची खानेपानी बन्मद गरेपछि काठमाडौंमा पानीको निकै समस्या भएको छ। पैसा तिरेर पनि पानी नपाएको काठमाडौं बासीहरु बताउछन्।