काठमाडौं। आज बिहानै डोटीमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको बस दिपायल सिलगढी नगरपालिका–४ मा आज बिहान ५ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले बताएको छ।