काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो।
प्रतितोला नौ सयले घटेर आजका लागि छापावाला सुन रु एक लाख ४९ हजार छ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मुल्य भने बढेको छ। आज प्रतितोला रु २० ले चाँदीको मुल्य बढेको हो। तोलाको एक हजार सात सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ।