काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले पिउने पानी उत्पादन गर्ने भएको छ। कम्पनीले अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ ब्रान्डमा पानी बजारमा ल्याउने तयारी गरेको हो।
त्यसका लागि कम्पनीले दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालेको छ।
कम्पनीले मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने तयारी थालेको हो।