काठमाडौं। आज सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
आज तोलामा छापावाल सुन १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार छापावाल सुन प्रतितोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्यले आज रेकर्ड हालसम्मके उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको महासङ्घले बताएको छ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।