काठमाण्डौं। आज बिहान निर्माणाधिन घर भत्किँदा एक जनाको मृत्यु भएको छ। रोल्पाको लिबाङमा चर्च (मण्डली) को निर्माणाधिन घर भत्किँदा एक महिलाका मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मूलपानीमा रहेको बेथेल मण्डली पहिरोले भत्किँदा धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परेर एक जना घाईते भएकी छन्। उनको उपचार भइरहेको कार्यालयले जनाएको छ।