काठमाडौं। पहिरोमा परि एकै घरका चार जनाको मृत्यु भएको छ। बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो।
सोही पहिरोमा परि ६ जना घाइते भएका प्रहरीले जनाएको छ। गएराति १ बजे घरमाथिबाट पहिरो गएको बताइएको छ।
पहिरोले घर पूर्ण रुपमा बगाएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ।