चितवन। खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज विहान दुर्घटना भएको मोटरसाइकलमा परी ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो।
उनि इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत वरिष्ठ हवल्दार रहेको प्रहरीले जनाएको छ।
खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।