हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएको छ। गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो।
नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।