सांकेतिक तस्बिर
इलाम। माङसेबुङ लिफ्ट खानेपानी आयोजनाको काम ८४ प्रतिशत पूरा भएको छ। माङसेबुङ गाउँपालिका–३ र ५ मा १३ करोड आठ लाख लागतमा निर्माणाधीन आयोजनाको काम हालसम्म ८४ प्रतिशत पूरा भएको हो।
आयोजनाको सम्पूर्ण काम आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। अहिले पाइपलाइन विस्तार र धारा जडानको काम भइरहेको आयोजनाले जनाएको छ।
तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरेर वितरण गर्ने आयोजनाले जनाएकाे छ।