काठमाडौं। आज सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज सुनको मुल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको हो। जुन हालसम्मकै उच्च विन्दुमा पुगेको मुल्य हो।
आज तोलामा ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। आज चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।