कालीकोट। निर्माण व्यवसायी कृष्णलाल चौलागाईंको निधन भएको छ। कालीकोटका निर्माण व्यवासायीको निधन भएको हो।
तीन वर्षदेखि मिर्गौलापीडित चौलागाईंको उपचारका क्रममा मंगलबार बाँकेमा निधन भएको बताइएको छ।
उनको जन्म २०२५ साल माघमा भारतमा भएको हो। उनि २०४० सालमा कालीकोट आएका थिए।
उनले २०५० सालमा सुर्खेतबाट हेलिकप्टरमा सिमेन्ट र छड ढुवानी गरेर सदरमुकाम मान्ममा पहिलो सिमेन्टेड ढलानवाला घर निर्माण गरेका थिए।