काठमाडौं। ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा एक पैदलयात्रीको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३५ वर्षीय गोरख बेल्दार रहेको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।