गोरखा। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गोरखा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।
सोही करेन्टमा परी एक जना घाइते भएको नगरपालिकाले जनाएको छ। निर्माणाधीन घरको छतमा बिहीबार रेलिङ राख्ने क्रममा करेन्ट लागेर २४ वर्षीय सुनील मगरको मृत्यु भएको नगरपालिकाले जनाएको छ।