काठमाडौं। पहिरोमा परी चार नेपाली मजदुरको मुत्यु भएको छ। भारतको उत्तराखण्डको पहिरोमा परी नेपालीको मृत्यु भएको हो।
अविरल वर्षा भइरहेको समयमा पहिरोमा परी नेपाली मजदुर पुरीएको थाहा पाएपछि भारतीय प्रहरीले उद्धार गरेको बताइएको छ।
मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका दीपक बुढा रहेको समाचारहरुमा उल्लेख गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार केदारनाथ जाने सडकको पहिरोमा परी उनिहरुको मृत्यु भएको हो।