काठमाडौं। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती प्रदेशका केही भाग, मधेश प्रदेशका थोरै भाग तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अन्य भूभागको मौसम सामान्यतया सफा नै रहने बताइएको छ।