सर्लाही। मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्षको निधन भएको छ। सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष अरविन्दकुमार यादवको निधन भएको हो।
मोटरसाइकल एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
साइकल चालक घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।