किमाथांका। कागुवा खोलाले बगाउँदा एकजना मजदुर बेपत्ता भएकाछन्।
सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर बेपत्ता भएका हुन्।
खोला तर्ने क्रममा गङ्गाबहादुर गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता भएका मजदुरको खोजी कार्य गरिरहेको बताइएको छ। उनि निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्दै आएका थिए।