काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन्।
भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले ईलाममा १२ मेगावाटका अपर माई र ६.१ मेगावाटको अपर माई–६ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ।