फाइल फोटो
म्याग्दी। बाढीले बेनीबजार आसपासका क्षेत्रका भौतिक संरचनामा क्षति भएको छ। अविरल वर्षासँगै आएको बाढीले विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडक जस्ता भौतिक संरचनामा क्षती पुर्याएको हो।
पोखराबाट बेनीतर्फ आइरहेकोबोलेरो जिपलाई हुलाके खोल्साको बाढीले बगाएको छ। मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ।
यसैगरी बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालय भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको बताइएको छ।
यस्तै सडक लगाएतका भौतिक संरचनामा क्षती पु्र्याएको प्रहरीले जनाएको छ। वर्षाको कारण धेरै नै धनजनको क्षती भइरहेको छ। सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ।