काठमाडौं। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन्।
शनिबार राति अविरल वर्षापछि आएको पहिरोले चार घरमा क्षति पुर्याएको कार्यालयले जनाएको छ।