काठमाडौं। हामीले बाल्यकामा देख्दा फेवाताल यस्तै थियो। तालका किनारमा यसरी केही छाप्राहरु थिए। बाकी जमिनमा खेती हुन्थ्यो। धान लहलहाउथ्यो। साना साना तरकारी बारीका गह्राहरु पनि हुन्थे। बाराही घाट नजिकै भने लहरै बिदेशी पर्यटकहरु टेन्ट लगाएर बसेका देखिन्थे। होटल खासै खुलेका थिएनन्। तर अहिले त डलर फल्ने त्यो बैदामे तालको क्षेत्र अहिले त लेकसाइड भइसक्यो। ताल नजिकै बस्ने रैथाने प्राय पलायन भइसके। केही बाकी पनि आफ्नो जग्गा भाडामा दिएर भित्र तिर बस्न थालेका छन्।
अहिले त त्यो बैदामे ताल भनेर बुझ्ने पनि खासै भेटिदैन। डलर कमाउनका लागि देशका बिभिन्न क्षेत्रबाट आएर लेकसाइडवासी भएकाहरुलाई खासै तालको धेरै माया छैन। माया छ भने केवल डलरको माया छ। सुनिल उलकको फेसबुक पेजबाट