काठमाडौं। आज सुनको मुल्य बढेको छ। तोलामा १ हजार रुपैयाँले सुनको मुल्य बढेको हो।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।