काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ। बैंकले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो।
कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ। उनिहरुले ३५ दिन भित्रमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।
यसैगरी ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने छन्। जसको लागि १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।