काठमाडौं। आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशको केही भागमा भारी वर्षाको सम्भावना रहेको छ भने बाकी प्रदेशको थोरै भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। वर्षाको समय भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।