काठमाडौं। आइतबार साँझदेखि परेको अविरल वर्षाले धादिङमा पुल बगाएको छ। थोपल खोलाको पुल बाढीले बगाएको हो।
बाढीले पुल बगाएपछि स्थानीय समस्यामा परेका छन्। अविरल वर्षासँगै आएको बाढीले उत्तरी धादिङतिर जाने सडकको ठाउँ ठाउँमा पहिरो गएको छ। जसको कारण पैदल हिडेर आवतजावत गर्नु पर्दा निकै समस्या भएको स्थानीयले बताए।
आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण थोपलखोलामा आएको बाढीले पशुपति मन्दिर क्षेत्रको भाग बगाएपछि आवतजावत ठप्प भएको स्थानीयले बताए