सांकेतिक तस्बिर
सुर्खेत। भेरी पम्पिङ खानेपानी उपआयोजना निर्माण गर्न त्रीपक्षीय सम्झौता भएको छ। बुधबार वीरेन्द्रनगर नगरपालिका, उपआयोजना कार्यान्वयन गर्ने संस्था र निर्माण गर्ने चिनियाँ कम्पनीबीच त्रीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई प्रमुख संजीवकुमार साह र चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेसनल इक्नोमिक एण्ड टेक्निकल को–अप्रेशन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
भेरी नदीको पानीलाई पम्पिङ गरी लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याइ उपभोक्ताहरुलाई वितरण गर्न विश्व बैंकको सहयोगमा उपआयोजना निर्माण गर्न लागिएको हो। सम्झौतासँगै अब उपआयोजनाको पहिलो चरणको काम सुरु हुने छ।