काठमाडौं। बाँकेमा बिहीबार बस दुर्घटना भएको छ। बाँकेको राँझा चौकनजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको हो।
आज भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार दाङबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको हो।
प्रहरीका अनुसार सो दुर्घटनामा परी घाइते भएकाहरूको भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।