इनरुवा। सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
बिहीवार बिहान लागेको चट्याङले स्थानीय १८ वर्षीय अक्रम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का ५० वर्षीय हबिस अन्सारी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हुरीबताससँगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन्।