फाइल फोटो
गुलरिया। नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु भएको हो।
तीन वर्षीया प्रिन्सा चौधरीको नहरले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। उनि बारबर्दिया नगरपालिका–९ कर्तनियाकी हुन्।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको आज बिहान नहरमा शव फेलापरेको प्रहरीले जनाएको छ।