इलाम। माङसेबुङ लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको काम ८४ प्रतिशत पूरा भएको हो।
माङसेबुङ गाउँपालिका–३ र ५ मा बन्दै गरेको आयोजनाको लागत १३ करोड आठ लाख रहेको बताइएको छ।
आयोजनाको सम्पूर्ण काम आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। अहिले पाइपलाइन विस्तार र धारा जडानको काम भइरहेको आयोजनाले जनाएको छ।