काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो।
तोलामा तीन सय रुपैयाँले घटेर आज सुनको मुल्य प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।