काठमाडौं। आज सुनको मुल्य घटेको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो।
आज सुन तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ। आज चाँदी तोलामा १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।