पाल्पा। पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको हो।
रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको स्कुटर आज बिहान दुर्घटना हुँदा चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते उनलाई रामपुर अस्पताल पुर्याउदा चिकिल्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।