काठमाडौं। सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ। ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।
आज बिहान ६ बजेर ११ मिनेटमा मेलम्ची नगरपालिका शिखरपुर आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको कम्पन छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो।